२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलबर्न टेस्टः विवादास्पद निर्णयका कारण यशस्वी आउट, गावस्करले भने–गलत निर्णय



अ+ अ-

एजेन्सी । मेलबर्न टेस्टमा यशस्वी जैसवालको विकेटमा थर्ड अम्पायरको निर्णयलाई लिएर विवाद भएको छ ।

चौथो टेस्टको अन्तिम दिन अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नै बलमा यशस्वीविरुद्ध क्याचको लागि अपिल गरेका थिए । ग्राउन्ड अम्पायरले नट आउट दिए पनि अष्ट्रेलियाले डीआरएस लियो र तेस्रो अम्पायरले यशस्वीलाई आउट घोषित गरे ।

डीआरएसमा, स्निको मिटरले बल ब्याटमा नलागेको र कुनै आवाज नरहेको देखायो । यसका बावजुद थर्ड अम्पायरले भिजुअल डिफ्लेक्शनको आधारमा यशस्वीलाई आउट घोषित गरे ।

यस निर्णयमा यशस्वीले ग्राउण्ड अम्पायरलाई प्रश्न पनि गरिएको थियो तर निर्णय परिवर्तन भएन । थर्ड अम्पायरले यस्तो निर्णय गरे जब भारत हारको खतरामा थियो र यशस्वीले ८४ रन बनाएर टोलीको नेतृत्व गरिरहेका थिए । यो निर्णयपछि मैदानमा उपस्थित भारतीय फ्यानहरूले ‘ठग–धोका’को नारा लगाएका थिए ।

गलत निर्णय–गावस्कर


खेलको क्रममा कमेन्टिङ गरिरहेका सुनिल गावस्करले भने, ‘तपाईले निर्णय लिँदा प्रविधिको प्रयोग गरिरहनुभएको छ, स्निको मिटरमा आउट नभएको स्पष्ट देखिन्थ्यो । यो पूर्णतया गलत निर्णय हो । तपाईंले धेरै तनावपूर्ण परिस्थितिमा तनावपूर्ण निर्णय दिनुभएको छ । अम्पायरले यशस्वी आउट भएको कुनै ठोस प्रमाण फेला पारेनन्, त्यसैले उनलाई आउट दिनु पूर्ण रूपमा गलत हो ।’

यशस्वी ७१ औं ओभरमा आउट भए । भारतको स्कोर ७ विकेटमा १४० रन थियो । त्यसपछिको ८ ओभरमा भारत १५५ रनमा अलआउट भयो । मेलबर्न टेस्टमा भारतीय टोली पराजित भएको छ । बोर्डर–गावस्कर ट्रफीमा ५ वटा टेष्ट म्याच खेलिने छन् । ४ टेष्टको सिरिजमा अस्ट्रेलिया २–१ ले अगाडि छ ।