१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद सकिनै लागेका सचिवलाई मुख्य सचिव बनाउने स्वेच्छाचारी निर्णय



अ+ अ-

काठमाडौ । पूर्बसचिब एबं ट्रान्सपरेन्सी ईन्टरन्यासनलका अध्यक्ष खेमराज रेग्मीले मन्त्रीपरिषद् स्वेच्छाचारी बन्दै गएको टिप्पणी गर्नुभएको छ । रेग्मीले मुख्य सचिवलाई बिचमै राजिनामा दिन लगाएर म्याद सकिनै लागेका सचिवलाई मुख्य सचिव बनाउने स्वेच्छाचारी निर्णय प्रशासनिक क्षेत्रलाई हतोत्साहीत र निष्प्रभावी बनाउन पर्याप्त  भएको जनाउनु भएको छ ।  

स्वभाविक रुपमा हुनुपर्ने पदोन्नति र बृत्ति बिकासमा भाँजो हाल्दै चाकडीबाज पोष्ने मंन्त्रीपरिषद्को निर्णय  दुर्भाग्यपूर्ण छ। सरकारले केही समय बाकि रहदै राजिनामा गराएर तत्कालीन मुख्य सचिब लोकदर्शन रेग्मी लाई बेलायतको राजदुत र परराष्ट्र सचिब शंकरदाश बैरागीलाई मुख्य सचिबमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।