८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

आइतबारका लागि तय भएको नेकपा सचिवालय बैठक अनिश्चित, प्रधानमन्त्रीबाट सबै भेटघाट बन्द

आइतबारका लागि तय भएको नेकपा सचिवालय बैठक अनिश्चित, प्रधानमन्त्रीबाट सबै भेटघाट बन्द
फाइल फोटो
अ+ अ-

काठमाडौं । सचिवालयका सदस्यहरुमा कोरोना स‌क्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  सबै भेटघाट बन्द गर्नु भएको छ ।

शुक्रबार स्वाब संकलन गरी शनिबार परीक्षण रिपोर्ट आउदा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई , प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, फोटो पत्रकार राजन काफ्लेलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गर्नुभएको हो ।  

परीक्षणका क्रममा प्रधानमन्त्री निवास बालुवाटारका कार्यरत नेपाली सेनाका २८ , सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धान विभागका ३  जना सहित ७० सुरक्षाकर्मी कोरोना सक्रमित भएका छन् ।

यसैगरी स्वाब संकलन गरी  परिक्षण गरिएका  प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी पत्नी  राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश वज्राचार्य, दिपेन्द्र दाहालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

यसैबीच बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ। बालुवाटारमा कार्यरत सुरक्षाकर्मी स‌‌क्रमित भएपछि सबै सुरक्षा निकायले नयाँ टोली खटाएको छ ।