३ जेष्ठ २०८२, शनिबार
,
Latest
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन-चित्रबहादुर केसी भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राईको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’



अ+ अ-

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको आज धनगढीमा भएको पदस्थापन समारोहमा उहाँले मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित रहेको समेत उहाँको भनाइ थियो । उहाँले आर्थिक तथा समाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

त्यस अवसरमा उहाँले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउनुभयो । “हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ, मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ, यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो ।