१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई घनश्यामको सुझावः पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व छोड्नुस्



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको महोल शान्त हुने बताउनुभएको हो । उहाँले नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भएपनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको बताउनु भयो । उहाँले ओलीले एमाले नेतृत्व नछोडे नेताहरुको उकुसमुकुस अझै बढ्ने बताउनु भयो । ओलीले पार्टीको नेतृत्वमा रहेर गर्नुभएका निर्णय, निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा लिनुभएका निर्णयहरु असफल भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत बिरोध, प्रतिशोधका रुपमा लिइयो । कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् ।

एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । जसले चाकरी गर्दैन । त्यो शत्रु होइन, शत्रु होइन भने त्यसले चाकरी गर्छ । उहाँको आम रुपमा संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ । भीम रावलले चाकरी गरेनन्, यद्यपी त्यहाँ बसेका सबैले चाकरी गर्दछन्, यस्तो पनि नठान्नुस् । नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरु छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ ।

कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ । उहाँको प्रयोग असफल भएको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो । भीम रावलजीको कुरा रह्यो । उहाँले के गर्नुहुन्छ भन्न सक्दिन । नेपाल पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’

उहाँले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभयो ।