२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा पि।एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताउनु भयो । स्व। सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गर्नुभएको बताउनु भयो ।

उहाँले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताउनु भयो । उहाँले स्व। सिंहले देखाउनुभएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशिल र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ । उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो । उहाँ मेहनती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुयो । अहिलेसम्म हामीले अरुले जितेको छैन । जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो । उहाँको जति बखान गरेपनि कम हुन्छ । उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुुहुन्थ्यो । पार्टीका लागि अपूरणीय क्षति भएको छ । राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ । त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ । तर पनि उहाँले देखाएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । उहाँको बाटोमा हिँड्दा पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्नेछ ।’

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व। सिंहले खेल्नुभएको भुमिका अविष्मरणीय रहेको बताउनु भयो । उहाँले स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताउनु भयो । कन्भिन्सिङ पावर मोडलको रुपमा स्व।सिंहलाई लिन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँप्रति सबैले फ्लाइङ मेयर भनेर चिन्दथे । काठमाडौं महानगरलाई प्रोग्राम ल्याउन, फाइनान्सिलय सपोर्ट गर्न धेरै काम गर्नुभयो । उहाँ मेयर हुँदा भारतीय प्रधानमन्त्रीलाई गर्नुभएको स्वागतले नेपाल भारत सम्बन्धका लागि पिएल सिंह जस्तो हुनुपर्छ भन्नुभएको थियो । उहाँको कन्भिन्सिङ पावर मोडलको रुपमा हामी सबैले सिक्नुपर्छ । उहाँ नेताहरुको धेरै लोकप्रिय हुनुहुन्थ्यो । उहाँले पाएको अवसरलाई पूर्ण रुपमा सफल गर्नुभयो ।’

कार्यक्रममा बोल्दै काँग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गर्नुभएको भन्दै उहाँको स्मरण गर्नुभयो । उहाँले प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्नेकुरा स्व। सिंहको जीवनीबाट सिक्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब राजनीतिमा कति प्राप्त हुन्छ त्यो एउटा विषय हो । प्राप्त भएको अवसरलाई कति सफलतापूर्वक निर्वाह गरिन्छ, त्यो सफलता हो भन्ने लाग्छ । त्यसबाट हेर्दा वेदाग पिएल दाईले प्राप्त अवसरलाई राम्रोसँग नेतृत्व गरेर जानुभयो । त्यसअर्थमा पिएल दाई आफैँमा एउटा स्वच्छ छवि भएको इमान्दार र निष्ठावान हुनुहुन्थ्यो ।’

मन्त्री पौडेलले पिएल सिंहले नेपाली काँग्रेसको सिद्धान्त, विचारलाई अनुशासित रुपमा ग्रहण गरेको व्यक्तिका रुपमा चिनेको बताउनु भयो ।