२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्र सय फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन, मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी पसिरर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकालालाई अदालतसमक्ष पेस गरिएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो । चालु आवको हालसम्म पक्राउ परेका प्रतिवादीविरुद्ध रु चार करोड ४९ लाख ५३ हजार आठ सय ५९ जरिवाना र एक सय २० वर्ष १० दिन कैद फैसला भएको छ । प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकीछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठलाई पुरस्कृत गरेको छ ।