१३ पुष २०८१, शनिबार
,
Latest
आर्सनल प्रीमियर लिगको दोस्रो स्थानमा उक्लियो ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर) बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल पशुपतिको सुनको जलहरीमा भ्रष्टाचार पुष्टि भएन बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नु पर्ने बताउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माणको सन्दर्भमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै महासचिव पोखरेलले नेपालमा समस्या छ भन्दैमा समस्याबाट भागेर समाधान ननिस्कने बताउनुभयो । हरेक समस्यासँग लड्दै अघि बढ्नु नै बुद्धिमानी हुने उहाँको धारणा छ ।

पार्टीको विपक्षमा बोल्दै हिँडेको कारण भीम रावल आफ्नै कर्मले पार्टीबाट बाहिरिनुभएको उहाँले बताउनुभयो । बाहिरिएको मानिसलाई बाहिरिनुभएको जानकारी पार्टीले मात्रै दिएको पोखरेलले बताउनुभयो । ‘जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासन हीनता उद्देश्य प्राप्तिको लागि तगारो हुने गर्दछ’, उहाँले भन्नुभयो ।

अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरी क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने उहाँले बताउनुभयो । सार्वजनिक टिप्पणी के भयो भन्ने भन्दा पनि पार्टीलाई अनुशासित बनाउनको लागि यो कदम चालिएको उहाँले स्पष्ट पार्नुभयो ।

अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताउनुभयो । अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हिजो के भयो भनेर होइन अब के गर्ने भनेर अब देश निर्माणको दिशामा अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । ‘हामी सफल पनि हुनुपर्दछ, हामी उदाहरणीय पनि हुनुपर्दछ’, पोखरेलले भन्नुभयो ।

आज पनि पार्टी र नेतृत्व माथि नै चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको पोखरेलले बताउनुभयो । काम गर्नेले नै गल्ती गर्ने बताउँदै पोखरेलले अहिले राम्रो काम गरेको कारण एमाले माथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको उहाँको धारणा छ ।

अस्थिरताको कारण मुलुक बरबाद भएको बताउँदै पोखरेलले प्रचण्डले भने त्यही अस्थिरतामा खेल्ने कुरालाई आफू डाइनामिक भन्ने गर्नुभएको बताउनुभयो । त्यही अस्थिरतालाई रोक्न कांग्रेस एमाले मिलेका उहाँले स्पष्ट पार्नुभयो । साना साना पार्टीका कारण देशमा अस्थिरता नआओस् भनेर यसो गर्नुपरेको पोखरेलले बताउनुभयो ।