२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चायत बिरुद्ध लडेर आउनु भएको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयो: उषाकिरण तिम्सेना



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट ६ महिना निलम्बनमा पर्नुभएकी नेतृ उषाकिरण तिम्सेनाले नेतृत्वलाई पञ्चको संज्ञा दिनु भएको छ । पार्टीको निर्णय सार्वजनिक भएलगत्तै सामाजिक संञ्जाल मार्फत उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले उहाँलाई पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका र त्यस पछि पार्टीले सोधेका स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

तिम्सेनाले लेख्नु भएको छ-

‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं।१ अन्तर्गत शिवपुरी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु । तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ। यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायत बिरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’