९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

काँग्रेसले भन्यो– सरकारले संक्रमितहरुका लागि पर्याप्त आइसोलेसनको व्यवस्था गरोस्

काँग्रेसले भन्यो– सरकारले संक्रमितहरुका लागि पर्याप्त आइसोलेसनको व्यवस्था गरोस्
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिले सरकारलाई काठमाडौं उपत्यकामा पर्याप्त मात्रामा आइसोलेसन कक्षहरुको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 
हाल सरकारले लक्षण नदेखिएका कोरोना संक्रमित नागरिकहरुलाई घरमै बस्न भनेकोमा उक्त समितिले सरकारको यो नीतिको कडा विरोध गरेको छ । 

उक्त समितिका संयोजक एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले भने– राजधानीमा दिनदिनै सयौँको संख्यामा नयाँ संक्रमितहरु थपिइरहेका छन्, यस्तो अवस्थामा उनीहरुलाई पनि घरमै बस्नु भनेर सरकारले पठाउँदा त्यसले झन् संक्रमणको जोखिम बढाउन सक्छ । 

डा.महतले भने– आफ्नै घर भएका र घरमा सुविधा भएकालाई त सहज होला, तर पनि यहाँ डेरामा बस्ने तथा संयुक्त रुपमा डेरा भाडामा लिएर बस्ने नागरिकले कसरी व्यवस्थापन गर्ने ? अनि सबै संक्रमितलाई घरमालिकले घर बस्न दिएन भने के गर्ने ? यस्तो विषयमा सरकारले सोच्नुपर्दैन ?  

पोजेटिभ देखिएका नागरिकलाई सरकारले सोध्नुपर्ने र यदि उनीहरुलाई डेरामा या घरैमा पनि असुविधा छ र उनीहरुबाट अरुलाई पनि संक्रमण हुने अवस्था छ भने उनीहरुलाई अनिवार्य रुपमा आइसोलेसनमा राख्ने व्यवस्था हुनुपर्ने डा.महतले बताउनुभयो ।

सरकारले लक्षण नभएका संक्रमितलाई घरैमा बस्न र कुनै लक्षण देखिएर समस्या भएमा मात्र अस्पताल आउन भनेको छ । तर सरकारको यो निर्णयप्रति काँग्रेसले आपत्ति जनाएको छ । 
सरकारको यो तरिका बिल्कुलै असोभनीय मात्र नभएर अव्यवहारिक रहेको र यसले झनै राजधानीमा संक्रमितहरुको संख्या बढेर भयावह स्थिति आउने र भोलि संक्रमितहरुले उपचार र आइसियु पनि नपाउने अवस्था आउनेतर्फ पनि काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको सहमहामन्त्री डा.महतले बताए । 

उनले भने– राजधानीमै दिनप्रतिदिन हजारभन्दा बढी संक्रमित बढेर स्थिति अत्यन्तै भयावह हुनेतर्फ गइरहेको देखेर पनि सरकारले यो महामारीको व्यवहारिक तथा वैज्ञानिक व्यवस्थापन गर्न सकेको छैन, नागरिकले दुःख पाइरहेका छन् । 

आफूलाई घरैमा राम्रो सुविधा रहेको र घरमा बस्दा राम्रो हुने बताउने संक्रमितलाई घरैमा बस्न दिए पनि उनीहरुको पनि राम्रोसँग अनुगमन र उनीहरुलाई अस्पताल आउनु परेमा आवश्यक पर्ने सेवाका बारेमा पनि सरकारले स्थानीय निकायको समन्वयमा राम्रो प्रबन्ध गर्नुपर्ने डा. महतले बताए ।