१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेसुंगा १४ लाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव पारित



अ+ अ-

गुल्मी । रेसुंगा नगरपालिकाको वडा नम्बर १४ लाई विभाजन गरी दुईवटा वडा बनाउने प्रस्ताव नगरसभाबाट पारित भएको छ ।

मंगलबार बसेको १६ औं नगरसभाबाट दुईवटा वडा बनाउने प्रस्ताव बहुमतले पारित भएको हो ।

१४ वटा वडा रहेको नगरपालिकामा पराल्मी सबैभन्दा ठूलो र विकट रहेको थियो । उक्त वडालाई विभाजन गर्नका लागि मानव संशासन तथा सुशासन समितिका संयोजक हुम बहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गरेका थिए ।

वडा विभाजनको अन्तिम स्वीकृति भने संघीय सरकारले प्रदान गर्दछ । संघीय सरकारले पनि नगरसभाको प्रस्तावलाई स्वीकृत गरेमा वडानम्बर–१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिने छ । वडा विभाजन भएपछि नगरपालिकामा १५ वटा हुनेछन् ।




भर्खरै