१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले दिएको अभिव्यक्तिले केही अलमल निम्त्यायो : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफुले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुभएको छ । 

विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको थापाले  बताउनुभएको हो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा थापाले अन्य देशहरुको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अब देखि सजगता अपनाउनुपर्ने बताउनुभयो । थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताउनुभएको थियो । उहाँले नेपालमा प्रतिदिन ६/७ वटा बलात्कारका घटना घट्ने गरेको पनि बताउनुभएको थियो । आज समिति भएको छलफलमा सांसदहरुले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफुले अब सजगता अपनाउने बताउनुभयो ।

समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताउनुभयो । विगत वर्षहरुको तथ्याङ्क हेर्दा यो वर्ष घटनाहरु बढ्न सक्ने उहाँले बताउनुभयो । सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनिकरणका लागि शून्य सहनशिलताको नीति अपनाएर अघि बढेको पनि उहाँले बताउनुभयो । 

सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताउनुभयो । सांसद राम लखन चमारले उत्पिडन वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसके भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पीडित महिला आफै उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिने गरेका घटनाहरु पनिह बाहिर आएकाले छानबिन गरी कडा कारवाही गर्न उहाँले आग्रह गर्नुभयो ।
 
गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनिकरणका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसाका घटनाहरु बढीरहेका छन । विगत वर्षहरु भन्दा यो वर्ष यस्ता घटनाहरु बढ्ने सक्ने तर्फ संकेत गर्दै थापाले कोरोनाको समयमा महिला हिंसाका घटनाले बढोत्तरी पाएको बताउनुभयो ।