११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इंग्ल्याण्डको टोली घोषणा, बेन स्टोक्स परेनन्

च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इंग्ल्याण्डको टोली घोषणा, बेन स्टोक्स परेनन्
अ अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)ले च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि टोलीको घोषणा गरेको छ । अलराउन्डर बेन स्टोक्सको नाम भने टिममा छैन । ब्याट्सम्यान जो रुट करिब एक वर्षपछि एकदिवसीय टोलीमा फर्किएका छन् ।

१५ सदस्यीय टोलीको कप्तानी जोस बटलरले गर्नेछन् । इंग्ल्याण्डको टोलीले २२ फेब्रुअरीदेखि १२ जनवरीसम्म भारत भ्रमण गर्नेछ ।

टोलीले यो भ्रमणमा भारतसँग ५ टी–२० र ३ एकदिवसीय खेल खेल्नेछ । तर च्याम्पियन्स ट्रफीको खेलतालिका भने अझै सार्वजनिक भएको छैन ।

भारतमा सन् २०२३ मा भएको विश्वकपमा खराब फर्मका कारण सिनियर ब्याट्सम्यान जो रुट एकदिवसीय टोलीबाट बाहिरिएका थिए । टोली यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । रुटले यस विश्वकपमा ३०.६६ को औसतमा २७६ रन बनाएका थिए ।

३४ वर्षीय रुट हाल टेस्टमा नम्बर १ ब्याट्सम्यान हुन् । उनले २०२४ टेस्टमा ६ शतकसहित १५५६ रन बनाएका थिए । यस अवधिमा उनको औसत ५५.५७ रहेको छ । एकदिवसीयमा रुटले २०१९ यता खेलेका २८ खेलमा करिब २९ को औसतमा ६६६ रन बनाएका थिए ।

इंग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्स भने टोलीमा परेका छैनन् । स्टोक्स यसै महिनाको सुरुमा न्युजिल्यान्डविरुद्धको तेस्रो टेष्ट खेलमा घाइते भएका थिए । उनलाई ह्यामस्ट्रिङमा चोट लागेको छ । यस खेलमा इंग्ल्यान्ड किवीसँग ४२३ रनले पराजित भएको थियो ।

च्याम्पियन्स ट्रफी इंग्ल्याण्डका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमका लागि सेतो बलको ढाँचामा पहिलो ठूलो प्रतियोगिता हुने छ। उनी मुख्य प्रशिक्षकको रुपमा पहिलो पटक भारतको सेतो बलमा भ्रमणमा आउनेछन् । रेहान अहमद भारतविरुद्धको टी–२० सिरिजका लागि मात्र टिममा छनोट भएका छन् । जबकि जो रुट एकदिवसीय टोलीमा मात्र रहनेछन् ।

१५० को गतिमा बलिङ गर्ने जोफ्रा आर्चर चोटपछि टोलीमा फर्किएका छन् । मार्क वुड चोटका कारण न्यूजिल्याण्डसँगको टेष्ट सिरिजमा सहभागी भएनन् । उनको नाम पनि टोलीमा छ ।

डिसेम्बर २०२३ देखि एकदिवसीय खेल नपाएका बलिङ अलराउन्डर गुस एटिन्सन पनि टोलीमा फर्किएका छन् । जबकि फास्ट बलर ब्रायडन कार्स र साकिब महमूदलाई उत्कृष्ट लयका कारण टोलीमा मौका दिइएको छ ।

सन् २०२२ मा हुने टी–२० विश्वकप जित्ने अलराउन्डर साम करनलाई टोलीमा स्थान छैन । रिस टोपले पनि चोटका कारण बाहिरिएका छन् ।

च्याम्पियन्स ट्रफी र भारतविरुद्धको एकदिवसीय शृंखलाका लागि इंग्ल्याण्डको टोली
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गुस एट्किन्सन, ज्याकब बेथेल, ह्यारी ब्रुक, ब्राइडन कार्स, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमूद, फिल साल्ट, मार्क वुड ।