५ असार २०८३, शुक्रबार
,
Latest
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट



अ+ अ-

काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर वडले  सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गर्नुभएको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत वडले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गर्नुभएको हो ।  भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो । 
उहाँले नेपाल र अस्ट्रेलिया दुबै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौती को सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनु पर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख सापकोटाले नेपालमा अस्ट्रेलियाले सुरु गरेको सामुदायिक वनको अवधारणा गृह जिल्ला सिन्धुपाल्चोकबाटै सुरु भएको स्मरण गर्दै आफूले सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दा सो क्षेत्रलाई वन अध्ययन केन्द्रका रुपमा अघि बढाएको स्मरण गर्नुभयो ।  बिदाई भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीन बर्षे नेपाल बसाइ सुखद भएको जानकारी दिंदै स्वदेश फर्केपछि पनि सम्बन्ध बलियो बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
उहाँले नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाइ सेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडले आगामी दिनमा अस्टे«लियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिनुभयो ।नेपाल र अस्ट्रेलिया दुबैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको छ, राजदूत बडले भन्नुभयो, ‘नेपालमा हिमतालको चुनौती छ, हामी आगलागीको सामना गरिरहेका छौं ।’ उहाँले जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।