७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक संघको चेतावनीः डा. केसीसँग वार्ता नगरे आकस्मिक र कोभिडबाहेकका सबै सेवा बन्द गर्ने



अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर आकस्मिक र कोभिडबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी चिकित्सकले दिएका छन् । नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको २४ घण्टा बितिसक्दा पनि वार्ता टोली गठन नगरिएपछि हडतालमा जाने चेतावनी दिएको हो । ‘डा. केसीको खस्कँदो स्वास्थ्य स्थितिका कारण ७२ घण्टाभन्दा बढी कुर्न सक्दैनौं,’ संघका अध्यक्ष डा. लोचन कार्कीले भने । ६ बुँदे माग अघि सारेर २२ दिनदेखि अनशनरत डा। केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । उनको उमेर र फैलँदो कोभिड–१९ संक्रमणका कारण लामो समयसम्म अनशनमा बस्न दिन नसकिने निष्कर्षमा चिकित्सक पुगेका हुन् । ‘उहाँको उपचार प्रक्रियामा संलग्न चिकित्सकको निकट सम्पर्कमा छौं, स्वास्थ्य स्थिति खस्कँदो छ, हामी कुर्न सक्दैनौं, कडा पाइला चाल्न बाध्य हुनैपर्छ,’ डा. कार्कीले भने ।

चिकित्सकले सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर डा. केसीको जीवनरक्षा गर्न तथा आम जनताको फाइदा हुने माग सरकारबाट पूरा गराउन आग्रह गरेका छन् । ‘पुष्पकमलजीले आफूले यसबारे कुरा गर्ने बताउनुभयो,’ उनले भने, ‘जनताका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा र सुविधा माग गरिरहेका हाम्रा अग्रज शान्तिपूर्ण सत्याग्रहमा हुनुहुन्छ । हामी उहाँलाई गुमाउन चाहँदैनौं ।’

यसैबीच, डा. केसीले अघि सारेका माग सम्बोधन गरेर जीवनरक्षा गर्न माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूले सोमबार महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा धर्ना दिएका थिए । कान्तिपुर दैनिक