१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौं विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन तथा अनुसन्धान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

सम्झौता पत्रमा गृह मन्त्रालयको तर्फबाट विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.टोकराज पाण्डे र काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागका निर्देशक डा.दीपक कुवँरले हस्ताक्षर गर्नुभयो । सम्झौता पत्रमा हस्ताक्षरसँगै मानसिक स्वास्थ्य रोगका कारण आत्महत्याका विषयमा अध्ययन अनुसन्धानमा काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले सहयोग गर्ने भएको छ ।

गृहमन्त्री लेखकले सम्झौतासँगै गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गरेर आत्माहत्याका घटनालाई नियन्त्रण गरी कमी ल्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले नेपालमा आत्महत्याका घटना बढ्नुका कारण र उपायको खोजि गरी अनुसन्धान गरिने बताउनु भयो ।

उहाँले सरकारले मुलुकभित्र हुने आत्माहत्याका घटनालाई न्युनिकरण गर्ने काम गरिरहेको बताउनु भयो । गृहमन्त्री लेखकले सरकारले अहिले गरिरहेका कामले आत्माहत्याका घटना कम नभएको भन्दै काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल प्रहरीले आत्माहत्याका घटनाका विषयमा अध्ययन गरिरहेने बताउनु भयो । उहाँले आत्माहत्या गर्ने खोज्ने मानिसहरुलाई उद्धार गरी काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले काउन्सिलिङ गर्ने बताउनु भयो । उहाँले नेपाल प्रहरीलाई काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले आधारभुत तालिम दिने बताउनु भयो ।