९ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा किचलो: एकताको काम अझै ओझेलमै



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्रको किचलोका कारण एकताका बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेल पर्दै गएको छ । पार्टी केन्द्रीय कमिटी, सचिवालय, स्थायी कमिटीले विभिन्न समय पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गर्यो । तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताका बाँकी काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न सकिरहेका छैनन् । गत ६ असोजमा सम्पन्न सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंगो लगाउने निर्णय गर्दै ठोस प्रस्ताव तयारी गर्न ओली र दाहालका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दियो । सचिवालयले दिएको समय सकिए पनि ठोस प्रस्ताव तयार हुन सकेको छैन ।

सचिवालय निर्णयअघि केन्द्रीय कमिटीले समेत एकताका बाँकी काम टुंगो लगाउन १५ दिन समय दिएको थियो । गत १५–१९ माघ बसेको केन्द्रीय कमिटी बैठकले एकताको बाँकी काम टुंगो लगाउन १५ दिन समय दिएको थियो । तर, त्यो समयमा समेत एकताका बाँकी काम टुंगो लगाउन नेतृत्व असक्षम भयो । हालै सम्पन्न नेकपा स्थायी कमिटी बैठकले पनि पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरेको छ । ‘पार्टी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गर्छ तर नेतृत्वबीच सधैं किचलो भइरहेका कारण ओझेल पर्दै गइरहेको छ,’ नेकपा सचिवालयका एक सदस्यले राजधानीस“ग भने, ‘बैठकले निर्णय गरे पनि नेतृत्व सधैं अरु खेलमै लाग्ने गरेका कारण पार्टीको काम सही समय नहुँदा हजारौं कार्यकर्ता जिम्मेवारीबिहीन छन् ।’

सत्तारुढ दलका साथै सबैभन्दा ठुलो दल भएका कारण ‘पार्टीमा बहस हुनु राम्रो भए पनि बैठकका निर्णय कार्यान्वयन गर्नमा नेतृत्व सचेत हुनुपर्ने’ ती सदस्य बताउ“छन् । नेतृत्वले चासो नदिएकै कारण पार्टी एकताका काम ओझेलम परेको दावी उनको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्व गर्ने नेताले जिम्मेवारी पूरा नगर्ने कारण पार्टी काम ओझेल परेको बताइन् । नेतृत्वले पार्टीको कामभन्दा अरुमा बढी ध्यान दिएकाले यस्तो अवस्था आएको उनले औंल्याइन् । ‘पार्टी बैठकले निर्णय गर्यो र कार्यान्वयन त नेतृत्वले नगरेकै कारण पार्टी एकताका काम समयमै टुंगो नलागेको हो,’ शाक्यले भनिन्, ‘नेतृत्वको ध्यान नै अरुतिर भएकाले पार्टीको काम तोकिएकै समय हुन सकिरहेको छैन ।’ पछिल्लो समय सम्पन्न सचिवालय बैठकपछि अध्यक्षद्वय ओली र दाहालबीच पटकपटक छलफल भए पनि एकताका काम समयमै टुंग्याउने विषयमा नभएको स्रोतको दावी छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, नियुक्तिलगायतकै पिषयमा मात्रै छलफलकेन्द्रीत भएकाले पार्टी एकताका काम ओझेल परेको हो ।

नेकपाले अहिले पोलिटव्युरो कमिटी गठनका साथै विभिन्न विभाग तथा आयोगलाई पूर्णता दिनुपर्नेछ । ३२ विभाग, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्लगायतका कमिटीले पूर्णता पाउन बाँकी छन् । प्रमुख, उपप्रमुख, सचिव ती संगठनले पाए पनि सदस्य तोकिन बाँकी छ ।

नेकपा केन्द्रीय सदस्य एवं प्रवास समन्वय कमिटी सचिव श्रीप्रसाद साहले ती संगठनले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरे । नेतृत्वबीच छलफल चलिरहेको बताउँदै उनले केही दिनभित्रै टुंगो लाग्ने बताए । यी संगठनले पूर्णता पाउन नसक्दा काम गर्न असजिलो भएको अनुभव उनले सुनाए । राजधानी दैनिक




भर्खरै