६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ढल्ने कुरा काग कराए जस्तै होः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराए जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

आईतवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गर्नुभएको हो ।

उहाँले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको बताउनु भयो । उहाँले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार बनेको दिनदेखि दुई वटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने । सबै पार्टीले छोडेर गएपनि दुई ठूला राजनीतिक दलहरु मिलेका छौँ । त्यसैले यो सरकार ढल्दैन । किनभने १६७ सिट त हुन्छ । तेस्रो, चौथो पार्टीलाई गुहारि राख्न परेन । सांसदहरुको चाकडी गरिरहनु परेन, मन्त्री, पार्टीका नेताहरुलाई फकाइराख्नु परेन ।

राष्ट्रिय संकट निवारणका लागि हामी दुइ वटा पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन । काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ, हात्ति लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो । सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै हो । यो सरकार चलिरहन्छ ।’

मन्त्री गुरुङले अर्को निर्वाचनसम्मका लागि वर्तमान सरकार नै कायम रहने बताउनु भयो ।