२५ कार्तिक २०८२, मंगलवार
,
Latest
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि… व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिलान्यास



अ+ अ-

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिलान्यास गर्नुभएको छ ।

नुवाकोटको बेलकोटगढी, लिँखु र ककनी गाँउपालिकाको संगमस्थल समेत रहेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपल्ट शिलान्यास भएको हो ।

पूर्वाधार विकास कार्यालय नुवाकोटद्धारा निमार्ण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ साल असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्य राखीएको यो पुल रु ५,८६,२३,८१८.९७ (अक्षरुपी पाँच करोड छयासी लाख तेहीस हजार आठ सय अठार रुपैयाँ)मा २५.६ मिटर लम्बाई र ८.४ मिटर चौडाई हुनेछ ।

रु ८,४६,४२,४७४ (अक्षरुपी आठ करोड छयालीस लाख बयालीस हजार चार सय चौरहत्तर) रुयौया लागतमा निमार्ण हुने सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखिएको छ । यो पुलको लम्बाई ४१.४ मिटर एवं चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।

पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हव रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताउनु भयो ।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक एवं पुलको स्तरोन्नति गर्दै समृद्धि र विकासको सम्वाहक सडकलाई मन्त्रालयले विषेश प्राथमिकतामा राखि काम गर्दै आएको मन्त्रि ईन्जिनियर मास्केले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘भौतिक पूर्वाधार विकास मन्त्रालय ट्रष्ट , टिम वर्क र ट्रान्सपेरेन्सी गरि ३ सको मान्यताअनुरुप जनताको विकासको अनुभुति हुने गरि काम गरिरहेको छ । नुवाकोटमा मुख्यमन्त्री बहादुरसींह लामासँगको समन्वयमा आवश्यकता र औचीत्यता अनुरुप बनेट विनियोजन भई बिभिन्न पूर्वाधारको काम भइरहेको मन्त्रि मास्केको भनाई छ ।’

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले रसुवामा पूर्वाधार विकास कार्यालय रसुवाको कार्यालय उदुघाटन गर्नुभएको थियो भने गोसाईकुण्ड गाँउपालिका द्वारा स्याफ्रुवेसीमा आयोजना गरिएको “ पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता “ को समापन समारोहमा पुरस्कार वितरण गर्नुभएको थियो ।