५ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी धर्मपत्नी रमिलालाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौ। बरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी धर्मपत्नी रमिला आचार्यलाई कोरोना संक्रमण  भएको छ । आचार्यले मंगलबार  मध्यान्ह समाजिक सञ्जाल मार्फत आफूहरु  संक्रमित  भएको जानकारी गराउनु भएको हो ।

आचार्यले लेख्नु भएको छ, सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण  गरेका थियौं  । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो  । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं र कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।