२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुरले एनपीएलको उपाधि उचालेको हो ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको लागि ओपनर लाहिरु मिलिन्थाले अर्धशतकीय ईनिङ खेले । उनले ४९ बलमा ९ चौका र चार छक्का प्रहार गर्दै ८७ रन बनाए । ११ औँ ओभरको पहिलो बलमा दिपेन्द्रले मिलान्थालाई जिवनदान दिएका थिए । दिपेन्द्रले ६५ रन बनाएर खेलिरहेका मिलान्थाका क्याच छुटाएका थिए ।

मिलान्था र ओपनर आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफ १९ बलमा ३३ रन बनाएर आउट भए । हर्ष ठाकेर ३० रनमा अविजित रहदा मोहम्मद मोसिनले ९ रन र जेम्स जिशमले ४ रन बनाए ।

सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरी, स्कट कुग्गेलेइन, ईसान पाण्डे र सेफ जैवले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमको लागि ओपनर सेफ जैवले अर्धशतकीय ईनिङ खेले । उनले ४३ बलमा ८ चौका र दुई छक्का प्रहार गर्दै ६९ रन बनाए । पहिलो विकेटको लागि जैव र अर्का ओपनर विनोद भण्डारीले ११७ रनको शतकीय साझेदारी गरे । भण्डारीले ३१ बलमा ४१ रन बनाए ।

यस्तै, ब्राण्डन म्याकमुलम र हरमित शिंहले समान १४ रन बनाउँदा स्कट कुग्गेलेइन १३, दिपेन्द्र सिंह ऐरी ८ तथा आरिफ शेख एक रन बनाएर आउट भए ।

जनकपुरको लागि मोहम्मद मोसिनले तीन विकेट लिए । किशोर महतोले तीन विकेट लिँदा ललित राजवंशी र जेम्स निशम एक एक विकेट लिए ।

यो सँगै जनकपुरले ट्रफिसहित ट्रफीसहित रु एक करोड १० लाख रुपैयाँ पाएको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पाएको छ।