१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुरले एनपीएलको उपाधि उचालेको हो ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको लागि ओपनर लाहिरु मिलिन्थाले अर्धशतकीय ईनिङ खेले । उनले ४९ बलमा ९ चौका र चार छक्का प्रहार गर्दै ८७ रन बनाए । ११ औँ ओभरको पहिलो बलमा दिपेन्द्रले मिलान्थालाई जिवनदान दिएका थिए । दिपेन्द्रले ६५ रन बनाएर खेलिरहेका मिलान्थाका क्याच छुटाएका थिए ।

मिलान्था र ओपनर आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफ १९ बलमा ३३ रन बनाएर आउट भए । हर्ष ठाकेर ३० रनमा अविजित रहदा मोहम्मद मोसिनले ९ रन र जेम्स जिशमले ४ रन बनाए ।

सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरी, स्कट कुग्गेलेइन, ईसान पाण्डे र सेफ जैवले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमको लागि ओपनर सेफ जैवले अर्धशतकीय ईनिङ खेले । उनले ४३ बलमा ८ चौका र दुई छक्का प्रहार गर्दै ६९ रन बनाए । पहिलो विकेटको लागि जैव र अर्का ओपनर विनोद भण्डारीले ११७ रनको शतकीय साझेदारी गरे । भण्डारीले ३१ बलमा ४१ रन बनाए ।

यस्तै, ब्राण्डन म्याकमुलम र हरमित शिंहले समान १४ रन बनाउँदा स्कट कुग्गेलेइन १३, दिपेन्द्र सिंह ऐरी ८ तथा आरिफ शेख एक रन बनाएर आउट भए ।

जनकपुरको लागि मोहम्मद मोसिनले तीन विकेट लिए । किशोर महतोले तीन विकेट लिँदा ललित राजवंशी र जेम्स निशम एक एक विकेट लिए ।

यो सँगै जनकपुरले ट्रफिसहित ट्रफीसहित रु एक करोड १० लाख रुपैयाँ पाएको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पाएको छ।