६ पुष २०८१, शनिबार
,
Latest
दाजुभाई आमनेसामने, आसिफलाई बुबा र आरिफलाई आमाको समर्थन रोटर्याक्ट क्लब अफ भिमादद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण कोशी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना नौमती बजाउन सिक्दै रोङ गाउँपालिकाका महिला ध्यान मावन जातिको कल्याणका निम्ति : प्रधानमन्त्री ओली आज विश्व ध्यान दिवस मनाइँदै बाजुरामा पाँच दशमलव २ रेक्टरको भूकम्प, स्थानीय त्रसित एनपिएलको फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा, गाउँपालिकाबाट सम्मान जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटर्याक्ट क्लब अफ भिमादद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण



अ+ अ-

तनहुँ । रोटर्याक्ट क्लब अफ भिमादले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रबार भिमाद नगरपालिका-२ स्थित रघु माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका सबैजना ४८ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष अनिल शर्माले जानकारी दिए ।

गरिब, विपन्न, र जेहेन्दार विद्यार्थीहरू पहिचान गरी न्यानो कपडा साथै शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएकोमा विद्यालयका प्रधानाध्यापक विष्णु थापाले धन्यवाद व्यक्त गरे ।