१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताउनु भयो । उहाँले संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । उहाँले कानून र बुझाइको क्षमताको अभावका कारण संघीयता कार्यान्वयन हुन नसकिरहेको बताउनु भयो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढी आइरहेको छ । मेरो व्यक्तिगत रुपबाट के बुझाइ छ भने संघीयतालाई कार्यान्वयन गर्नको लागि हामीले गर्नुपर्ने कामहरु कति ग¥यौँ । संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा काम गर्नेदेखि कामहरु कति गरेका छौँ । त्यहाँ कामका लागि के अनुभव आए त्यो टिप्पणी हुनुपर्छ । संघीयता खर्चिलो भयो, संघीयता व्यवहारिक भएन, श्रोतको दुरुपयोग भयो, दोहनको लागि मात्रै सबै कोशिस भयो भन्नेकुराहरु भइरहेको छ । सानो मुलुक, अन्त जे भएको छ, त्यो हेर्दा बेठिक नै भएको छ भन्ने कोणबाट हेर्ने कोशिस गरिएको छ । अब कार्यान्वयन गर्दा ल्याएका कुराहरु के बेठिक भए कार्यान्वयनबाट प्रमाणित गर्ने मेहनत हामीले गर्नुपर्छ । कानूनको, बुझाइको, क्षमताको अभावमा ति कुराहरु अड्किएका छन् । त्यसलाई पूरा गर्न के गर्न सकिन्छ, त्यसमा संघ, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ । संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस गराउने कोशिस भएको छ ।’

सभामुख घिमिरेले संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस छेड्ने कोशिस भइरहेको बताउनु भयो ।