५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोडसेडिङ हुदाँ खुशी हुने जमातले लोडसेडिङको हल्ला फिँजाएः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको छ ।

शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको हो ।

उहाँले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताउनु भयो । उहाँले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताउनु भयो । उहाँले उद्ययोगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा गर्यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताउनु भयो ।

उहाँले माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिनुभयो । उहाँले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताउनु भयो । उहाँले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा नकारात्मकताको कति रमाउने रहेछन् । लोडसेडिङ भयो । लोडसेडिङ हुँदा कति खुशी मनाउने कति जमात रहेछ भन्ने एउटा जमात रहेको केही दिनबाट हेरिरहेको छु । विद्युत प्राधिकरण नाफा भयो भन्न साथ खुशी नहुने,विद्युत प्राधिकरण घाटा भयो भन्नासाथ खुशी हुने जमात पनि छ । नेगेटिभिटीको ठूलो जमात छ । यो देखाएर त्यो भित्रबाट कसरी आफूले कमाउने भन्ने पनि रहेछ । लोडसेडिङ भयो उद्योगमा डिजेल चलाउनु पर्यो । त्यसैले उद्योगबाट उत्पादन भएको वस्तुको मूल्य बढाएका पनि होलान् । विगतमा लोडसेडिङको बेलामा डिजेल नचाउँदा पनि २० देखि २२ घण्टा जनतालाई लोडसेडिङमा पारेर प्रयोग गरेको विद्युतबाट उत्पादित वस्तु मूल्य बढाएर बेचिसक्नु भयो । तर डेडिकेटेड ट्रंकलाइनको पैसा तिर्नु पर्दैन ।

अहिले आएर प्राविधिक कारणले दुई चार दिन समस्या हुँदा लोडसेडिङ घोषणा भयो भन्ने हल्ला गरिरहेको छ । त्यो जमातको हल्ला,लोडसेडिङ हुँदा रमाउने जमातले गरिरहेको छ । यो कदापी होइन । नेपालमा लोडसेडिङ हुँदैन । लोडसेडिङ भएको छैन । केही समयको लागि प्राविधिक समस्यो हो । पटक–पटक भनिरहेका छौं । माथिल्लो तामाकोशी बाढीले क्षति गरेको छ । त्यो बनाउन कसैले सहयोग गर्नुपर्दैन । कालिगण्डकी आयोजनाको एउटा युनिट बन्द छ । ५०० मेगावटको पिकिङ पावर प्लान्टहरु बन्द छ । त्यति गर्दा पनि हामीले लोडसेडिङ हुन दिएका छैनौं । बेलुकाको पीक समयमा केही समय विहानको पीक समयमा उद्योगहरुलाई कम चलाउन भनेका छौं ।’

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल ९ईप्पान० अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताउनु भयो । उहाँले देशको विकासमा पूर्वाधारको विकास महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले सिमेन्टको मूल्य बढाउनेलाई कारबाही गर्नुपर्ने माग राख्नुभयो । उहाँले सिमेन्टको मूल्य बढ्दै जाँदा जलविद्युत आयोजनाहरुको लागि उच्च रुपमा वृद्धि हुने बताउनु भयो ।

उहाँले जलविद्युत आयोजनाको कारण सरकारले कल्पना गर्न नसक्ने ठउँमा बाटो पुगेको बताउनु भयो । उहाँले उर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोडेर जानुपर्ने बताउनु भयो । उहाँले भारतबाट विद्युत आएन भने अझै लोडसेडिङ हुने अवस्था रहेको बताउनु भयो ।