९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

सुन र चाँदीजस्तै मूल्यवान स्वच्छ पानी र हरिया पहाड

सुन र चाँदीजस्तै मूल्यवान स्वच्छ पानी र हरिया पहाड
अ अ+ अ-

चेतनाथ आचार्य I

हिजोआज यो भनाइ चीनमा निकै लोकप्रिय बनेको छ। विशेष गरी वातावरण संरक्षण र दिगो विकासका लागि चिनियाँ दर्शन नै बनेको छ यो भनाइ।

खुलापन र सुधार अँगालेको चीनले चालीस वर्षमा अथाह विकास गरेको छ। चीनको भौतिक पूर्वाधारको विकास त पछिल्लो दुई दशकमा विश्वलाई आश्चर्य बनाउने खालको छ। त्यसो त विकागको छलाङ मार्दा चीनले पीडा पनि भोगेको छ।

सन् २०१३ मा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले राष्ट्रिय जनकंग्रेसमा पेश गरेको पहिलो कार्यप्रगति प्रतिवेदन तथा सी सत्तामा आएपछिको पहिलो सरकारी कार्यक्रममा उल्लेख थियो 'हाम्रा पूर्वजले गरेको अन्धाधुन्द विकासको प्रतिफलका कारण चीन यतिबेला पीडा भोगिरहेको छ।' यसले के संकेत गर्छ भने चीनले विकास त गर्‍यो तर त्यसले वातावरणलाई ध्वस्त बनायो। हुन पनि सन् २०११ देखि २०१३ बीचको तीन वर्षमा चीनमा खपत भएको सिमेन्टको परिमाण अमेरिकाले बीसौँ शताब्दीको एक सय वर्षमा खपत गरेको भन्दा बढी थियो। चीनले उत्पादन गर्ने सिमेन्टको परिमाण संसारका अरु सबैमुलुकले गरेकोभन्दा बढी हुने गरेको छ।

विकास निर्माण गर्दा वातावरण संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वच्छ पानी र हरियाली पहाडलाई सुन र चाँदीसँग तुलना गरेका हुन्। यतिबेला सीको यो भनाइ चीनमा मूल दर्शन बनेको छ। राष्ट्रपति सीको यो भनाइको महत्व र गरिमा थाहा पाउनका लागि यसको रोचक पृष्ठभूमिमा थाहा पाउन आवश्यक छ।

चीनको पूर्वमा रहेको चच्याङ प्रान्त चीनकै सबैभन्दा समृद्ध प्रान्तमा पर्छ। यसको सदरमुकाम हाङचौ हो जसलाई सूचना प्रविधिमा विश्वकै अग्रस्थानमा रहेको सहर पनि भनिन्छ। शाङहाईसँग जोडिएको चच्याङ प्रान्तको आन्ची काउन्टीको यु ग्रामीण क्षेत्रको विकास चीनका लागि मात्र होइन विश्वकै विकासका लागि अनुकरणीय रहेको छ। विकाससँगै पर्यावरणीय संरक्षणले विश्वमै नमूना बनेको यु गाउँ दुई दशक अगाडिसम्म अत्यन्त पीडादायी र विकराल अवस्थाबाट गुज्रिएको थियो।

सन् १९९० को दशकमा चच्याङ प्रान्तको आन्ची काउन्टी अन्तर्गत यु गाउँमा भयङ्खर औद्योगिक विकास भएको थियो। त्यहाँ तीनवटा मार्लवका खानीसँगै एउटा विशाल सिमेन्ट कारखाना थियो। अन्धाधुन्द औद्योगिक विकासले त्यहाँको पर्यावरणीय सभ्यता ध्वस्त भयो। त्यहाँको वातावरण यति प्रदूषित थियो कि त्यहाँका नदीमा पानी पनि कालो रङको बग्दथ्यो।

औद्योगिक विकासले आन्ची काउन्टीको आर्थिक अवस्था त उकासियो तर अत्यधिक प्रदूषणले कुख्यात पनि उत्तिकै भयो। सन् १९९७ मा आन्ची काउन्टी र यु गाउँ चीनकै सबैभन्दा प्रदूषित स्थानका रुपमा चिनिन थालेका थिए।

आन्ची काउन्टीबाट बगेका नदीहरु चच्याङ प्रान्तको चियाङसिङ भएर बग्दथे। चियाङसिङलाई चच्याङकै माछा र अन्नको भण्डार मानिन्थ्यो। तर, आन्चीको सिमेन्ट कारखाना र मार्वल कारखाना लगायतका अन्य औद्योगिक फोहोर बोकेर आएका नदीहरुले चियाङसिङलाई कालाम्मे बनाउँदै लग्यो। आफ्नो क्षेत्रको यस्तो दुर्दशा देखेर सन् २००१ को नोभेम्बरमा चियाङ्सिङका एक हजार किसानले डुङ्गा लिएर नदीको सरसफाइ सुरु गरे। नदीमा बग्ने कालो र पहेँलो दुर्गन्धित पानीले आफ्नो क्षेत्र पूरै प्रदूषित भएको ठानेर किसानहरु दिक्क हुँदै नदी सरसफाइमा होमिएका थिए।

किसानको अभियानमा अरुले पनि साथ दिन थालेपछि सो क्षेत्रमा तनाव र द्वन्द्व देखिन थाल्यो। एकातिर प्राकृतिक स्रोत लुट्नेहरु थिए भने अर्कातिर सम्पदाको संरक्षण गर्नेहरु। एउटा पक्ष औद्योगिक विकासको पक्षपोषण गर्दथ्यो भने अर्को पक्ष वातावरण संरक्षण गर्नुपर्छ भन्थ्यो। त्यतिमात्र होइन सहरीकरण हुनुपर्छ भनेर चर्को अकालत गर्ने व्यक्तिहरु प्रश्वस्त थिए भने गुणस्तरीय जीवन चाहिन्छ भन्ने आवाज पनि उठ्न थालेको थियो।

विकासका नाममा विनास निम्तिरहेको बेला चलेको द्वन्दवकै बीचमा चच्याङ प्रान्तले सन् २००३ मा आफूलाई 'पर्यावरणीय प्रान्त' बनाउने घोषणा गर्‍यो। यही घोषणापछि आन्ची काउन्टीको काँचुली फेरिएको हो। प्रदूषणका हिसाबले चीनकै अग्रभागमा रहेको आन्चीले पर्यावरणको संरक्षणलाई प्राथमिकता दिँदै हरित विकासलाई जोड दिन थाल्यो। अनि चीनमै पहिलो योजनावद्ध विकास थालनी गर्‍यो आन्चीले।

त्यतिन्जेल यु गाउँ आन्ची काउन्टीकै सबैभन्दा धनी गाउँ थियो। औद्योगिक विकासले धनी भएको यु गाउँले तीनवटा मार्वल उद्योग र सिमेन्ट कारखाना बन्द गर्ने निर्णय गर्‍यो। त्यस क्षेत्रको मुख्य आम्दानीका विशाल स्रोत बन्द भएपछि यु गाउँको वार्षिक आम्दानी ३० लाख चिनियाँ युआनबाट २ लाखमा खुम्चियो। आर्थिक स्रोतमा विशाल गिरावट आएपछि पार्टी गाउँ कमिटीमा व्यापक दवाव आइपर्‍यो। चुन ढुङ्गा निकाल्नका लागि पहाड खनेर एक दशकमै सबै प्राकृतिक रुपलाई ध्वस्त बनाइसकेको थियो। पार्टी कमिटीले स्थानीयलाई आफ्नो पेशा परिवर्तन गराएर हरित विकासमा लगाउन प्रेरित गर्नु फलामका चिउरा चपाउनु जस्तै थियो। हरित विकासमा ग्रामीण पर्यटन, हरित अर्थतन्त्र, कृषि लगायतका विषय समेटिएका थिए। स्थानीयले व्यापक रुपमा बाँस रोपे र चुनढुङ्गाले ध्वस्त भएका पहाडलाई केही वर्षमै हरियाली बनाउन थाले।

वर्तमान चीनका राष्ट्रपति सी चिनफिङ चच्याङ प्रान्तको सचिव भएको बेला उक्त भनाइ व्यक्त गरेका हुन्। सी सन् २००२ देखि २००७ सम्म चच्याङ प्रान्तको सचिव थिए। सन् २००५ को अगष्ट १५ तारिख सीले यु गाउँको अनुगमन गरे। त्यतिबेला यु गाउँका सचिव थिए पावो सिनमिन। पहिले घना बाँसघारी र अथाह पानीको स्रोत भएको सो काउन्टीले फेरि त्यसको संरक्षण गरेर पहिलेकै अवस्था फर्काउने प्रयास गरेको थाहा पाएपछि पावो सिनमिनलाई सीले भनेका थिए 'तिमीले मार्वलका खानी उत्खननलाई बन्द गरिदियौ जसले गर्दा स्वच्छ पानी र हरियाली पहाडहरु सुन र चाँदीका रुपमा देखिएका छन्।' सीको यही भनाइ एउटा दर्शनशास्त्र बन्यो र चीनका विकासमा लागू हुन थाल्यो। सीले त्यतिबेला प्रस्ताव गरेका थिए 'हामीले मानव र प्रकृतिबीचमा सद्भाव कायम गर्दै पर्यावरण र समाजबीचमा पनि सद्भाव कार्यम राख्नैपर्छ। यसो गर्‍यौँ भने स्वच्छ पानी र हरियाली पहाडहरु सुन र चाँदीका रुपमा परिणत हुनेछन्।' उनले थप औँल्याएका थिए 'यदि पर्यावरणीय लाभबाट वातावरणमैत्री कृषि, वातावरणमैत्री उद्योगधन्दा र इकोटुरिजमको विकास गरेमा पानी र पहाड सुन र चाँदीजस्तै मूल्यवान हुनेछन्।'

सी सन् २०१२ को नोभेम्बरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका हुन् र उनी सन् २०१३ को मार्चदेखि चीनका राष्ट्रपति छन्। राष्ट्रपति भएपछि उनी सन् २०१५ मा फेरि चच्याङ प्रान्तको आन्ची काउन्टीको यु गाउँमा पुगेका थिए। त्यहाँ पुगेर उनले दसवर्ष पहिले आफूले बोलेको कुरा फेरि दोहोर्‍याए। पहिले प्रान्तीय सचिवले बोकेको कुरा प्रान्तमा मात्र लागू हुन सक्थ्यो तर राष्ट्र प्रमुखका रुपमा सीले बोलेपछि यो समग्र चीनकै कार्यक्रम बन्यो। विकास निर्माणका योजना बनाउँदा यसलाई एउटा दर्शनका रुपमा अपनाउन थालियो। फलतः वातावरण संरक्षणमा चीनले निकै ठूलो प्रगति हाँसिल गरेको छ।

अहिले आएर नदीको निगरानी गर्नका लागि चच्याङ प्रान्तले ६० हजार 'नदी मुखिया' खटाएको छ। उनीहरुको मुख्य जिम्मेवारी ढलको व्यवस्थापन, पानी स्रोतको संरक्षण, प्रदूषण नियन्त्रण र पर्यावरणीय सन्तुलन मिलाउनु हो। त्यसैगरी चच्याङ प्रान्तले पुरानो औद्योगिक प्रविधिलाई हटाएर अत्याधुनिक प्रविधि राख्ने पर्ने व्यवस्था गरेको छ। प्रदूषण फैलाउने उद्योगले जरिमाना तिर्नुपर्ने तथा प्रदूषण न्युनीकरणलाई तुरुन्तै अँगाल्नुपर्ने वाध्यकारी नीति पनि अँगालेको छ। सफा उर्जाको प्रयोग र वातावरणीय संरक्षण कर पनि लगाउन थालेको छ।

चच्याङ प्रान्तको समृद्धिसँगै डेढ दशकमै आन्ची काउन्टीको यु गाउँ फेरि सबैभन्दा धनी गाउँ बनेको छ। साँच्चै नै त्यहाँका हरियाली पहाड, घना बाँसघारी, स्वच्छ पानीका नदीहरु सुन र चाँदी जस्तै छन्।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट