१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने

पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने
अ अ+ अ-

बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । “उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।”

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उहाँले बताउनुभयो । “हामीसँग कच्चापदार्थको कुनै अभाव छैन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।”

थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उहाँको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

धेत्रेदमार र गोदामडाँडा सडकमा झोलुङ्गे पुल

मकवानपुरको बकैया गाउँपालिका–१२ को धेत्रेदमार र गोदामडाँडालाई सडक सञ्जालमा जोड्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।

गाउँपालिकाको समन्वयमा दातृ निकाय इस्थर बेन्जामिन स्मृति संस्थाको रु ४० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको सो झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले शिलान्यास गर्नुभयो ।

धेत्रेदमार र गोदामडाँडा सडकमा पुल नहँुदा खासगरी वर्षायामको समयमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । झोलुङ्गे पुल निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन् । “पुल नहुँदा हामीलाई आवतजावत गर्न असाध्यै समस्या भइरहेको थियो”, स्थानीय सुदिप अधिकारीले भन्नुभयो, “झोलङ्गे पुल निर्माण भएपछि वर्षांैदेखि समस्या भोग्दै आएको समस्याबाट मुक्ति पाउने विश्वास लिएका छौँ ।”

झोलुङ्गे पुलले आवतजावतमा सहजता मात्र नभइ यस क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुग्ने उहाँको भनाइ छ । गाउँपालिकाले विकासमा सबै नागरिकको पहुँच पु¥याउन सडक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको गाउँपालिका अध्यक्ष लामिछानेले बताउनुभयो । आगामी दुई महिनाभित्र पुलको निर्माणको काम सकिने गरी ठेक्का सम्झाता भएको उहाँले बताउनुभयो ।

सो झोलङ्गे पुल ९० मिटर लम्बाइको हुने छ । झोलुङ्गे पुल निर्माण भएपछि धेत्रेदमार, गोदामडाँडा र आसपासका क्षेत्रका स्थानीय लाभाम्बित हुने उहाँको भनाइ छ ।