• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्य



रसुवा । नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउने प्रतिनिधिसभा सदस्य (सांसद) मोहन आचार्यले बताउनुभएको छ । सोमबार नेपाल प्रेस युनियन रसुवाले सदरमुकाम धुन्चेमा आयोजना गरेको नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सभापती, उपसभापती, सचिब, सहसचिब र जिल्लाको प्रदेश सभा क्षेत्र क र ख का सभापतिलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस जनताको पार्टी रहेको र जनताको पार्टी बनाउने बताउनुभएको हो ।

नेपाली कांग्रेस कार्यकर्ता प्रति मात्र नभई जनताप्रति पनि उत्तरदायी रहेको उहाँले बताउनुभयो । ‘रसुवामा नेपाली कांग्रेस एकजुट भएर अघि बढेको छ, गएको १४ औं महाधिबेशनमा जिल्लाको सर्वसम्मत नेतृत्व चयनले पनि रसुवामा नेपाली कांग्रेस एउटै रहेको देखाएको छ, यो जनताको पार्टी हो, हामी जनताको पार्टी बनाउछौँ, जनताको काम गछौँ, उहाँले भन्नुभयो, ।

त्यसैगरि प्रेस युनियनले गरेको सम्मान प्रति धन्यबाद दिदै आचार्यले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस सदैब लागिरहेको र प्रेस स्वतन्त्रताका विधेयक पारित गर्न नेपाली कांग्रेस लागिपर्ने बताउनुभयो । जिल्लाको स्वास्थ्य, शिक्षा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको समेत उहाँले बताउनुभयो ।