२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्य



अ+ अ-

रसुवा । नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउने प्रतिनिधिसभा सदस्य (सांसद) मोहन आचार्यले बताउनुभएको छ । सोमबार नेपाल प्रेस युनियन रसुवाले सदरमुकाम धुन्चेमा आयोजना गरेको नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सभापती, उपसभापती, सचिब, सहसचिब र जिल्लाको प्रदेश सभा क्षेत्र क र ख का सभापतिलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस जनताको पार्टी रहेको र जनताको पार्टी बनाउने बताउनुभएको हो ।

नेपाली कांग्रेस कार्यकर्ता प्रति मात्र नभई जनताप्रति पनि उत्तरदायी रहेको उहाँले बताउनुभयो । ‘रसुवामा नेपाली कांग्रेस एकजुट भएर अघि बढेको छ, गएको १४ औं महाधिबेशनमा जिल्लाको सर्वसम्मत नेतृत्व चयनले पनि रसुवामा नेपाली कांग्रेस एउटै रहेको देखाएको छ, यो जनताको पार्टी हो, हामी जनताको पार्टी बनाउछौँ, जनताको काम गछौँ, उहाँले भन्नुभयो, ।

त्यसैगरि प्रेस युनियनले गरेको सम्मान प्रति धन्यबाद दिदै आचार्यले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस सदैब लागिरहेको र प्रेस स्वतन्त्रताका विधेयक पारित गर्न नेपाली कांग्रेस लागिपर्ने बताउनुभयो । जिल्लाको स्वास्थ्य, शिक्षा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको समेत उहाँले बताउनुभयो ।