५ पुष २०८१, शुक्रबार
,
Latest
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चले दिएको आदेशप्रति वाईसीएलका अध्यक्षको तितो आक्रोस गैरकानुनी थुनामा राखिएका सैनिक नवराज गुरुङ सर्वोच्चको आदेशबाट रिहा कारबाओ कप: म्यान्चेस्टरलाई हराएर टोटेनह्याम सेमिफाइनलमा प्रवेश रवि लामिछानेविरुद्ध आजै मुद्दा दर्ताको तयारी ! बेनीमा माटोको गुणस्तरमा ह्रास पन्ध्र वर्षमा विदेश गएका १४ हजार बढीको मृत्यु भ्युटावर हेर्न गएका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन् आज काठमाडौंका यी स्थानमा काटिँदैछ बिजुली पुटिन भन्छन्ः युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु धापासीस्थित एक घरमा भीषण आगलागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको सिगाना गाउँका किसानले बेचे तीन करोड बढीको सुन्तला



अ+ अ-

बागलुङ : सुन्तला खेतीका लागि निकै ख्याती कमाएको गाउँ हो बागलुङको सिगाना । यहाँका किसानले वर्षैपिच्छे तीन करोड रुपैयाँ बराबरको सुन्तला बेच्छन् भन्दा धेरैलाई पत्यार लाग्दैन, तर यो यथार्थ हो ।

गत वर्ष सुन्तला बिक्रीबाट ३ करोड ५० लाख भित्र्याएका बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष सुन्तला उतपादनमा केही कमी आएको बताएका छन् । तैपनि यहाँका किसानले यस वर्ष पनि तीन करोड हाराहारीकै सुन्तला बिक्री हुने अनुमान गरेका छन् ।

यस वर्ष सिगानामा उत्पादन भएको सुन्तलामध्ये ७० प्रतिशत बिक्री भइसकेको छ ।

गत वर्ष भन्दा केही थोरै सुन्तला उत्पादन भएको यहाँका अगुवा किसान अनन्त बहादुर खड्का बताउँछन् । गत वर्ष आफ्नो बगैचालाई पाँच लाखमा चितवनका व्यापारीलाई दिए पनि यस वर्ष चार लाख मात्रै कमाई भएको उनको भनाई छ ।

यस वर्ष सिगानामा सुन्तला उत्पादनमा कमी आएकाले किसानले छिट्टै बिक्री गरेको खड्काको भनाई छ । “गत वर्ष ढिलोगरी सुन्तला बिक्री गर्दा अहिले उत्पादन घट्यो, अहिले छिट्टै सुन्तला बिक्री थालिएको छ, यहाँका अधिकांश ठूला सुन्तलाका बगैचा रित्तिसकेका छन्” खड्काले भने “पोहोर पुसको अन्तिममा सुन्तला बिक्री गरेका सुन्तला यसपटक मंसिर अन्तिमबाटै बिक्री शुरु भएको थियो ।

सिगानाका किसानले बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मुल्य प्रति केजी रु. ६० देखि ७० पर्न गएको किसानको भनाई छ ।

यस वर्ष सिगानाका ५०० नयाँ बोटले सुन्तला उत्पादन दिन थालेका छन् ।

यहाँको सुन्तला पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले लैजाने गरेका छन् । किसानलाई बजारको कुनै कमी छैन ।

सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तला राम्रो उत्पादन हुने गर्दछ ।