७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्यानर फुटाएको आरोपमा कालिगण्डकी गाउँपालिका अध्यक्ष थापा पक्राउ



अ+ अ-

गुल्मी : गुल्मीको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापा मगर पक्राउ परेका छन् । बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर फुटाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

थापाले स्क्यानर फुटाएपछि शुक्रबारको राहदानी सेवा समेत अवरुद्ध हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

स्क्यानरको मुल्यबारे भने प्रशासनले केही बताएको छैन । ‘स्क्यानरको मुल्यभन्दा पनि सेवा नै प्रभावित हुने भयो ।’ प्रजिअ गौतमले भने, ‘पालिका अध्यक्ष अभद्र व्यवहारमा प्रस्तुत हुनुभयो ।’

आजभोलि प्रशासनमा पहिला आउने व्यक्तिले टोकन लिने र उसैले पहिले सेवा लिने भन्ने प्रावधान रहेको छ । तर अध्यक्ष थापा मगरले कालिगण्डकी भुगोलका दृष्टिले टाढा रहेकाले आफ्नो पालिकाका नागरिकलाई विशेष व्यवस्था गर्न माग गरेको तर त्यसो नभएकाले स्क्यानर फुटाएको दाबी गरे ।

‘आफ्नो पालिकाका नागरिकको न्यायका लागि जहाँ पनि जान तयार छु ।’ थापाले भने । प्रजिअ गौतमले घटनाको बिषयमा गृह मन्त्रालयलाई जानकारी गराएको र थप छलफल भइरहेको जानकारी दिए ।




भर्खरै