४ पुष २०८१, बिहीबार
,
Latest
धापासीस्थित शिव मन्दिर हाइटमा भीषण आगलागी ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, भोलि नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छः अध्यक्ष कार्की संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी गठबन्धनका सांसदबीच झडप ‘पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा जोड’ मन्त्रिपरिषद बैठक स्थगित कर्णालीलाई हराउँदै जनकपुर एनपिएलको फाईनलमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाईनल पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाईनल प्रवेशको लागि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर जम्मा ११८ रन बनायो ।

कर्णलीको लागि गुलशन झाले सर्वाधिक २५ रन बनाए । देव खनालले २४ रन बनाउँदा विलियम बोसिस्टोले १४, जिसन मक्सुदले १२ र क्याडविक वाल्टनले ११ रन जोडे ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स निशम र मोहम्मद मोसिनले दुई दुई विकेट लिए । हर्ष ठाकेर र शेर मल्लले एक एक विकेट लिए ।