५ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु



अ+ अ-

काठमडौं । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६६ र ७२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षिय पुरुष, ५३ वर्षिय पुरुष, ६४ वर्षिय पुरुष र ६९ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा ४६ वर्षिय, मोरङमा ४० र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी चितवनमा ४६ वर्षिय, रुपन्देहीमा ५५ वर्षिय र नवलपरासीमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षिया महिला रोतहटमा ७२ र दाङमा ७१ वर्षिया महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

आज देशभरी ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार २ सय ९ पीसीआर परीक्षण भएकोमा १२ सय ६१ महिला र २१ सय ७८ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै १६ सय ९४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १ हजार २ सय ९६, ललितपुरमा २ सय ९२ र भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

आज ११ सय २६ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, बागमती प्रदेशमा २३ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३ हजार ९ सय २५ जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ४२, कर्णाली प्रदेशमा ३ हजार ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ९७ जना गरी देशरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।