२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ्गको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना



अ+ अ-

ताप्लेजुङ्ग। ताप्लेजुङ्ग जिल्लाको फक्तालुङ्ग गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) ओलाङचुङगोलाको स्थापना भएको छ ।        संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु बुधबार  बिओपीको स्थापना गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ्ग मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ । सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बिओपीले बुधबारबाट दैनिक कार्य सुचारु गरेको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो ।