९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

ताप्लेजुङ्गको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

ताप्लेजुङ्गको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना
अ अ+ अ-

ताप्लेजुङ्ग। ताप्लेजुङ्ग जिल्लाको फक्तालुङ्ग गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) ओलाङचुङगोलाको स्थापना भएको छ ।        संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु बुधबार  बिओपीको स्थापना गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ्ग मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ । सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बिओपीले बुधबारबाट दैनिक कार्य सुचारु गरेको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो ।