९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

आज बिहीबार, यसरी गर्नुस बंगलामुखीको पूजा फल प्राप्त हुनेछ

आज बिहीबार, यसरी गर्नुस बंगलामुखीको पूजा फल प्राप्त हुनेछ
अ अ+ अ-

काठमाडौं । आज बिहीबार हिन्दू नरनारीहरुले आजका दिन बगलामुखी देवीको ब्रत तथा उपासना र पूजाआजा गर्ने गर्दछन् । तर देवीको पूजा के कसरी गर्ने रु कसरी आज बिहीबारका दिन देवीको उपासना या ब्रत गर्दा फल प्राप्त हुन्छ भन्ने विषयमा सबैलाई जानकारी नहुन पनि सक्छ । यहाँ पूजा तथा उपासनाका केही विधिहरु दिइएको छ । 

मन्त्रोच्चारण गर्ने विधि 
उहाँको स्तुती गर्दा बिजमन्त्रको उच्चारण गर्ने, बगलामुखी माताको स्तोत्र पाठ गर्ने, श्री बगलामुखी स्तोत्रं– १, २, बगलामुखी हृदयं, बगलामुखी अष्टोत्तरशतनाम स्तोत्रं र बगलामुखी अष्टोत्तर शतनामावलीको जप गर्ने गर्नाले मातालाई प्रसन्न पार्न सकिन्छ । 
साधाना गर्ने
साधना बिहान सबैभन्दा पहिला स्नानबाट शुरु हुन्छ । स्नान गरिसकेपछि चित्तशुद्धिका साथ उहाँको उपासना शुरु हुन्छ । उहाँको स्मरण गर्दै केही समय ध्यान गर्नुपर्छ र ध्यानपछि मन्त्रोच्चारण गर्नुपर्छ । 
बगलामुखी माताको साधनाले उहाँलाई खुशी पार्न सकिन्छ । यसमा खासगरी आफ्ना गुरुबाट प्राप्त भएको साधनाको ज्ञान र मन्त्रलाई सही तरिकाले जप गरियो भने यसबाट मनको शान्ति प्राप्त हुनुका साथै माताको कृपा पाउन सकिन्छ । यसरी साधना गर्दा साधकले उहाँलाई मनपर्ने पहेँलो रंगको वस्त्र लगाउनुपर्छ ।  
पूजा कसरी गर्ने ?
माताको पूजा गर्दा उहाँको मनपर्ने पहेँलो संगको वस्त्र लगाउनुपर्छ र मातालाई पनि पहेँलो वस्त्र चढाउनुपर्छ । त्यसैगरी पहेँलो केशरी, चन्दन, पहेँला धजा, पहेँला अक्षता र पहेँला फलफूलहरु चढाउनुपर्छ । यसरी आराधना गर्दा माताको आशिर्वाद प्राप्त हुनेछ । यसरी बगलामुखी माताको साधना गर्ने हरेक वर्तालूले नारीको सम्मान गर्नुपर्छ । शास्त्रमा हरेक नारीमा देवीको बास हुने भएकोले नारीको सम्मानबाट बगलामुखी माता पनि खुशी हुने बताइएको छ ।