२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

अवैध रूपमा भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

अवैध रूपमा भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा
अ अ+ अ-

काठमाडौं । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी गरे । भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ ।

खसीबोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसीबोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसीबोकालाई रोक्नुपर्ने बताए । काठमाडौं चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले विभिन्न नाकाबाट अवैध रूपमा काठमाडौंको कंलकीको खसी बजारमा ३ सय देखि ४ सयसम्म खसीबोका आउने गरेको बताए । नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारतबाट भन्सार छली अवैध रूपमा दैनिक ३ सय देखि ४ सय खसीबोका काठमाडौं उपत्यकामा भित्रिँदा नेपालमा उत्पादन भएका खसीबोका बिक्री वितरण हुन छोडेको बताए ।

नेपालमा उत्पादन भएका खसीबोका हेर्दा दुब्लो पातलो देखिने र विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने भएकाले भारतबाट अवैध रूपमा आएका खसीबोका भन्दा केही महँगो हुन्छ । भारतबाट अवैध रूपमा आएका खसीबोका सस्तो हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा पनि नेपाली व्यवसायी मर्कामा परेका हुन् । उनले विभिन्न ठाउँमा खटिएका प्रहरीले नेपाली खसीबोकालाई विभिन्न बाहनामा ठाउँठाउँमा रोकेर दुःख दिने तर भारतबाट अवैध रूपमा ल्याएका खसीबोका स्वतन्त्र रूपमा आउने दिने गरेको बताए ।

यसैगरी, उनले यसवर्षमा दसैंमा गतवर्षको तुलनामा खसीबोका माग आधा नै घट्ने अनुमान रहेको बताए । विगतका वर्षमा दसैंमा काठमाडौं उपत्यका समयमा दैनिक ३ हजार देखि ५ हजारवटासम्म खसीबोका खपत हुन्थे भने यस वर्ष कोरोनाका कारण दैनिक १ हजार पनि खसीबोका खपत मुस्किल हुने अनुमान गरेको बताए । उनका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ सयदेखि १ हजार खसीबोकाको माग हुन्छ । चाडवर्पमा ३ हजार देखि ५ हजारमासम्म खसीबोकाको माग हुन्छ ।

पशुसेवा विभागका महानिर्देशक डा. वंशी शर्माले नेपालमा खसीबोका उत्पादन पर्याप्त हुँदा कुनै पनि तरिकाले भारतबाट भारतीय खसीबोका नआएको दाबी गरे । उनले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टिन प्रमाणपत्रबिना भन्सारबाट आयात गर्न नपाइने हुँदा यो वर्षमा भारतबाट नेपाली बजारमा नभित्रिएको जिकिर गरे ।

उनले भारतबाट आयात गर्दा भन्सार शुल्क लाग्ने हुँदा बढीका भारतीय खसीबोका व्यापारीले अहिले आयात नै नगरेको बताए । महानिर्देशक डा। शर्माले गतवर्ष दसैंलाई खसीबोका केही कम हुने देखेपछि १५ हजार खसीबोका आयात भएको त्यसपछि भारतीय खसीबोका आयात नभएको जानकारी गराए । उनले नेपालमा वार्षिक खसीबोका बाख्रा १ करोड २५ लाख उत्पादन हुने बताए । राजधानी दैनिक