२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै
अ अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा। गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं दिनदेखि अनशनरत डा. केसीलाई अक्सिजन दिन थालिएको छ । उपचारमा संलग्न चिकित्सक डा। सुवास आचार्यका अनुसार केसीको शरीर गल्दै गएपछि प्रतिमिनेट चारदेखि ६ लिटर अक्सिजन दिइएको छ । यस्तै, उनको शरीरमा सुगरको मात्रा घटेको छ । डा. केसीको मुटुको चालमा बेलाबेला गडबडी देखिएको छ ।

डा. केसी अनशन बसेको २४ दिनपछि सरकारले उनीसँग वार्ता गर्न बिहीबार वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् । डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले शक्रबार आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सो दिन २ घण्टा आकस्मिक र कोभिडबाहेकका सबै सेवाप्रवाह बहिष्कार गर्ने र सो समयमा पनि डा. केसीका माग पूरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको हो । डा। केसीका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गर्दै आकस्मिक र कोभिडबाहेकका सेवाप्रवाहलाई बहिष्कार गर्ने निर्णय संघले गरेको छ । यसका साथै २२ गतेपछि कालोपट्टी बाँधेर सामाजिक सुरक्षाका उपाय अपनाउँदै रिले अनशन जारी राख्ने कार्यक्रमसमेत संघले तय गरेको छ । यस्तै, अनशनरत डा। केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल गरिएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षत्रीले देशैभरबाट कोभिडविरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आआफ्नो ठाउँबाट डा। केसीको समर्थनमा सत्याग्रह सुरु गर्न अपिल गरे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी, डँडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन् ।

आफूसँग १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्नेलगायतका मागहरू राखेर डा। केसीले अनशन सुरु गरेका हुन् । राजधानी दैनिक