७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुईको अवस्था गम्भीर



symbolic picture
अ+ अ-

उदयपुर । सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना।५।ख। नम्बरको खाली कन्टेनर कटारी नगरपालिकाङ८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी नपा-८ का मिनबहादुर रानामगर र मिर्चैया नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राती नै नोवेल अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

उनीहरुको टाउको गम्भीर चोट लागेको रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर राजकुमार गजमेरले बताए। उनीहरुको अवस्था अझै खतरा रहेको जनाइएको छ। प्रहरीका अनुसार गाडी सडकबाट सात मिटर तल खसेको छ। घटना के कारण भयो भन्ने एकिन नभएपनि साँघुरो सडकमा सवारीसाधन तिव्रगतिमा गुडेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। अन्नपुर्णपोष्ट दैनिक