२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार छ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको ८९ लाख ३९ हजार तीन सय ४८ हजार कित्ता शेयर ५३ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार सात सय ४० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १७, वित्त शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १४, लघुवित्त शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव १९, व्यापार शून्य दशमलव ५९ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ६५, लगानी शून्य दशमलव २१, जीवन बीमा शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू २२ करोड २४ लाख तीन हजार नौ सय ६४ बराबरको दुई लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।