२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहले बनाएको आइसोलेसनमा बस्ने संक्रमितको संख्या शून्य



अ+ अ-

ललितपुर । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा स्थानीय तहले बनाएको आइसोलेसनमा बस्ने संक्रमितको संख्या शून्य प्रायः छ । ललितपुर महानगरपालिकाले ५० जना महिला र उनीहरुका बालबालिका राख्न मिल्ने गरी सञ्चालन गरेको आइसोलेसनमा ३ जना महिला मात्र बसिरहेका छन् । स्थानीय तहले निर्माण गरेको आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्न उचित ठान्ने प्रवृत्तिका कारण पछिल्लो समयमा आइसोलेसन खाली भएको हो ।

ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले आइसोलेनमा संक्रमित आउन छाडेको बताए । उनले भाडामा बसेका र आफूसँग साना बच्चा रहेका महिलालाई लक्षित गरी सो आइसोलेसन सेन्टर तयार गरिएको जानकारी दिए । उनले भने– ‘घरमा बस्न रुचाएर हो वा महिलाका लागि मात्र सञ्चालन गरेको आइसोलेसन रहेको छ भन्ने विषयमा जानकारी नभएर हो सो आइसोलेसन सेन्टरमा आउनेको महिना न्यून रहेको छ ।’ ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल युथ फाउन्डेसनले पोषण पुनस्र्थापना गृहका घरमा आइसोलेसन सेन्टर निर्माण गरेको थियो । महानगरले सो आइसोलेसन सेन्टरमा समस्यामा परेका महिला र उनका बालबच्चालाई ल्याउन पटकपटक आग्रह गरिसकेको छ ।

उत्कृष्ट व्यवस्थापन गर्दासमेत आइसोलेसनमा बस्ने महिला आउन छाडेको गुरुङको भनाइ थियो । सो आइसोलेसनमा बस्ने महिलालाई औषधीदेखि खानालगायत व्यवस्थापन महानगरको सहयोगमा फाउन्डेसनले गर्दै आएको थियो । आइसोलेसन नभएको हल्ला चलिरहेको अवस्थामा महानगरले नै सञ्चालन गरेको आइसोलेसनमा संक्रमित महिला आउन छाडेपछि महानगरले कारण खोजी गरिहेको छ । होम आइसोलेसनमा थुप्रै महिला बसिरहेका छन्, तर महानगरको आइसोलेसनमा बस्ने महिला भेटिएकै छैन ।

चाहना नभएर भन्दा पनि सरकार वा स्थानीय निकायले निर्माण गरेको आइसोलेसनको विषयमा नकारात्मक हल्ला चलेको कारण राजधानीको ललितपुर महानगरले सञ्चालन गरेको महिला बस्ने आइसोलेसन खाली भएको हो । महानगरका कोभिड सम्पर्क अधिकृत गुरुङले भने– ‘लौन तपाईंहरुले एउटै घरमा बालबच्चासहित एउटै कोठामा बसिरहेका संक्रमित भएको जानकारी भए हामीलाई भन्नुस् न । हामीले नमुनाका रुपमा स्थापना गरेको यो आइसोलेसनमा अहिले महिला बस्न नआउँदा अचम्मित भएका छौं ।’ सो आइसोलेसनमा फाउन्डेसनका स्वंसेवकले योगा सिकाउने, बिहान, दिउँसो बेलुका खान दिनेलगायतका थुप्रै सुविधा दिएको छ । सरकारले बजेट उपलब्ध गराएपछि सहयोग गर्ने सर्तमा फाउन्डेसनले सबै सेवा दिइसकेको सम्भवतः उपत्यकाको एक मात्र महिला आइसोलेसन सेन्टरको विषयमा जानकारी नभएको कारण संक्रमित महिला आउन नसकेको हुन सक्ने महानगरको भनाइ छ ।

करिब ३ महिनादेखि महिलाका लागि मात्र सञ्चालित सो आइसोलेसन सेन्टरमा शुरुआती चरणमा केही महिलाहरु बसेका थिए । पछि सो क्रम घटेर ३ जनामा पुगेको छ । महानगरले सो आइसोलेसनमा बस्ने संक्रमितलाई स्यानिटाइजर, पीयूष, मास्क, पञ्जा, थर्मोमिटर, स्यानिटरी प्याडसहितको डिगनिटी किट बक्ससमेत उपलब्ध गराएको थियो । महानगरले असोज १ गतेदेखि किट दिन शुरु गरेको थियो । करिब ४ हजारको हाराहारीमा संक्रमित रहेको ललितपुरमा आइसोलेसन तयारी अवस्थामा रहँदा पनि आउन नखोज्नु सरकारको व्यवस्थापनमा देखिएको कमजोरीको झल्को हो ।

उपत्यकामा १८१ आईसीयू र ७६ भेन्टिलेटर

सरकारले कोरोना भाइरसका गम्भीर संक्रमितलाई उपचार गर्न काठमाडौंमा उपत्यकामा १ सय ८१ आईसीयू र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ८२ आईसीयू र २७ भेन्टिलेटरमा गम्भीर संक्रमितको उपचार भइरहेको जानकारी दिए । उनले अझै ९९ आईसीयू र ४९ भेन्टिलेर खाली नै रहेको बताएबम छन् । उनले अहिलेसम्म २ सय ३५ आईसीयू र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका, तीमध्ये बागमती प्रदेशमा १ सय २८ जना आईसीयू र ३० जना भेन्टिलेटरमा रहेका बताए । मुलुकभर २ हजार ६ सय आईसीयू र ९ सय भेन्टिलेटर रहेका छन् । बिहीबार काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना कोरोनाका संक्रमित भेटिएका छन् । उपत्यकामा अहिलेसम्म ३६ हजार ३ सय ११ जना संक्रमित फेला परेका छन् ।

प्रवक्ता डा. गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए। आकस्मिकसहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उनले बताए । उनले सामान्य लक्षण र लक्षणविहीन संक्रमितहरुलाई मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी घरकै आइसोलेसनमा बस्नसमेत अनुरोध गरे । नेपाल समाचारपत्र दैनिक