२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ हजार कानून व्यवसायीहरु करको दायरामा आएका छन्ः सचिव सापकोटा



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानून व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ ।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २१ हजार कानून व्यवसायीहरुमध्ये ३ हजार कानून व्यवसायी करको दायरामा आइसकेको उल्लेख गर्नुभयो । उहाँले कानून व्यवसायीहरुको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भनेपनि कानून व्यवसायीहरु करको दायरामा आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘कानून व्यवसायीलाई पहिलो पल्ट बार एशोसिएशनबाट केही हुने र सर्वसाधारणबाट अधिवक्ता र वरिष्ठ अधिवक्ता दिने बाहेक अरु केही पनि थिएन । त्यसैले कानून व्यवसायीलाई परिषद्मा लैजानुपर्छ भनेर निकै लामो समयदेखि बहस भएको हुनाले त्यो रुपमा लगेको हो । राज्यको रिसोर्सेस कम भएको अवस्था र कानून व्यवसायीहरुले आफैँले प्राप्त गर्ने रकम भएको हुनाले उहाँहरुले पनि खर्च गर्नुपर्छ र त्यहाँबाट पनि जानुपर्छ भन्नेबारेमा धेरै पटक छलफल भयो । न्याय प्रतिष्ठानलाई अहिले न्यायाधीश र कर्मचारीलाई दिने पनि कम बजेट भएको हुनाले केही एउटा वा दुई वटा तालिम नवप्रवेशी कानून व्यवसायीहरुको लागि भइरहेको छ । २१ हजारमध्ये १३ हजार कानून व्यवसायी करको दायरामा आइसक्नुभएको छ । रिन्यु पनि ट्याक्स नतिरेसम्म नगर्ने भनेपछि ट्याक्स तिर्ने परिपाटी बढ्दै गएको छ ।’

सचिव सापकोटाले नवप्रवेशी कानून व्यवसायीहरुलाई कानून व्यवसायी परिषद्ले तालिम दिइरहेको बताउनु भयो ।