७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको  सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहनु भएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो । यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका थिए । “मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार १” सल्लाहकार रिमालले सामाजिक सञ्जालमा लेखेका छन् । सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँरु केबल अन्दाजै मात्र छ उनले भनेका छन् । लक्षण बिनाको संक्रमित हुँदा पहिलो दिन आफूलाई अलि चिन्ता लागेको उनले बताए।

“मनमा आयो–अब के होला, अरुहरुले के सोचिरहेका होलान् रु कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला ?” कोरोना हुँदा मनमा जिज्ञासा आइरहने उनले लेखेका छन्, “कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ । कोही लक्षण सहितको संक्रमित हुनुहुन्छ । कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ ।”
सिङ्गो अबधि भरी केही पनि अप्ठ्यारो महसूस नगरी आइसोलेशनको अबधि विहिबार पार गरेको उनले बताएका छन् । सल्लाहकार रिमालले लेखेका छन्, “दोश्रो चोटीको पीसीआर परिक्षणबाट परिणाम नेगेटिभ आयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।” कोरोना केही होइन भन्नु अतिरञ्जना भएको बताउँदै उनले थपेका छन्, “कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो ।” कोरोना महामारीले पहिलो कुरा अनुशासनको माग गर्छ, दोस्रोमा संक्रमितको उच्च मनोवल र तेस्रोमा धैर्यता आवश्यक रहने उनले चर्चा गरेका छन् ।

संक्रमित अवधिभर आफूले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरेको उहाँले सामाजिक सञ्जालमा चर्चा गर्नुभएको छ । सल्लाहकार रिमाल अगाडि लेख्छन्, “जनस्वास्थ्य विज्ञ डा। रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रसस्त पिएँ ।”
प्रमुख सल्लाहकार रिमाल आफू कोरोना मुक्त भएपछि संक्रमित विरामी सबैको शीघ स्वास्थ्यलाभको कामना गरेका छन् । “जो जसले यसअघि नै कोरोना बिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई, चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु” सल्लाहकार रिमालले भनेका छन् । स्वास्थ्यलाभको शुभेच्छासहित स्वास्थ्यप्रति चिन्तित हुने सबैप्रति उनले आभार प्रकट गरेका छन् । गोरखापत्र दैनिक