१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

यससँगै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।

यस्तै, चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।

जितको लागि १०२ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान ३८ रन जोडे । ओपनर सेफ जेबले ११ रन बनाए ।

कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय १ रन बनाएको थियो ।कर्णालीका जिशान मक्शुदले सर्वाधिक ३० रन बनाए । विलियम बोसिस्टो १६ रन बनाउदा चाल्डिक वाल्टनले १४ रन जोडे । ओपनर बाबर हायतले १३, देव खनालले ७ र सोमपाल कामीले ११ रन जोडे ।

सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिदा कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ तथा सेफ अली जेब र हर्मित सिंहले समान १ विकेट लिए ।