५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डागर्दीको आरोप लागेका राधे भण्डारी पक्राउ



अ+ अ-

काठमाडौं । गुण्डागर्दीको आरोप लागेका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ ।

भण्डारीले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की  दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । गुण्डागर्दीका सग्लन भएको अभियोगमा पटक पटक पक्राउ पर्दे आएका भण्डारीले धादिङका बिभिन्न स्थानमा क्रसर उद्योग र बालुवाखानी संञ्चालन गर्दे आईरहेका छन् ।

उनले सिद्धलेक गाउँपालिकामा संञ्चालन गरेको बालुवाखानीको म्याद समाप्त पनि निरन्तर उत्खनन् गरिरहेको र स्थानीयले रोक्न खोज्दा धम्कि दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । हाल प्रहरीले भण्डारीले संञ्चालन गरेको बालुवाखानी तथा क्रसर उद्योग बन्द गराएको छ । भण्डारीले राजनीतिक आडमा ठेक्का पट्टामा आफनो हैकम जमाउदै आएका छन्  ।