२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले देशमासकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पु¥याउनका लागि एमाले बनेको बताउनु भयो । नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको बताउनु भयो । उहाँले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ । मैले विश्वास लिएको छु । हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पु¥याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुप¥यो, खान लगाउन जनाले पाउनुप¥यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुप¥यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुप¥यो ।’

प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताउनु भयो ।