३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौं र विराटनगर तथा पोखरा र सुदूरपश्चिम भिड्दै



अ+ अ-

काठमाडौं । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । विराटनगर किङ्ग्सले छ मध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।