२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व खाद्य कार्यक्रमले जित्याे नाेबेल शान्ति पुरस्कार



अ+ अ-

ओस्लाेः यस वर्ष सन् २०२० काे नाेबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाइ प्रदान गरिने भएकाे छ । विश्वका युद्धग्रस्त क्षेत्रमा समेत भाेकमरीकाे चपेटामा परेका मानिसलाइ खाद्यान्न पुर्याउने महत्वपूर्ण जिम्मेवारी पूरा गरेकाे भन्दै नर्वेजियन नाेबेल कमिटीले नाेबेल शान्ति पुरस्कार प्रदान गरेकाे जनाएकाे छ ।

नाेबेल कमिटीका अध्यक्ष बेरिट रेइस एन्डरसनले नर्वेकाे राजधानी ओस्लाेमा उक्त पुरस्कार घाेषणा गर्नु भएकाे हाे ।

यस पुरस्कारका लागि ३१८ जना व्यक्ति तथा संस्थाका बारेमा अनुसन्धान गरिएकाे थियाे जसमा २११ व्यक्ति र १०७ संस्था सहभागी थिए ।

हालसम्म याे पुरस्कार १०० व्यक्ति र २४ संस्थाले प्राप्त गरिसकेका छन् । पुरस्कार विजेताले एक कराेड क्राेनर अर्थात ८ लाख ७० हजार पाउन्ड स्टर्लिङ प्राप्त गर्नेछन् ।

एजेन्सी