२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अब राष्ट्रिय खोप तालिकामा

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अब राष्ट्रिय खोप तालिकामा
अ अ+ अ-

काठमाडौँ : पाठेघर क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ लाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

विभिन्न दाताहरुको सहयोग तथा सरकारकै पहलमा हाल दादुरा र रुबेला, टाइफाईड, पोलियो, निमोनिया, भ्यागुते रोग, जापनीज इन्सेफ्लाइटिस, लहरे खोकी, रेबिज, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएन्जा बी, क्षयरोग गरी ११ किसिमका रोग विरुद्धको खोप नि:शुल्क दिइन्छ ।

अब सरकारले पाठेघरको मुखको क्यान्सरको खोप पनि थपेको छ । ११ किसिमका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पुरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ की छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइने छ ।

नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

राष्ट्रिय खोप तालिकामा एचपीभि खोप समावेश गर्न राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरिसकेको छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यो वर्ष देखि एचपीभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताए ।

पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई यही माघ २२ गते देखि एचपीभी खोप लगाइने भएको छ ।

डा गौतमले भने, “हरेक वर्ष नियमित खोप सेवामार्फत कक्षा ६ तथा विद्यालय बाहिर रहेका १० वर्षे किशोरीलाई खोप दिने लक्ष्य रहेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीलाई खोप दिन लागिएको छ । आगाम वर्षदेखि फाल्गुन महिनालाई नियमित एचपीभी खोप सेवा सञ्चालन गर्ने महिना निर्धारण गर्ने सोचेका छौँ । आव २०८२/८३ देखि नियमित एचपीभी खोप सेवा सञ्चालन गरिनेछ । ”

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा २ हजार १६९ जना महिलाहरुलाई यस्तो क्यान्सर हुन्छ भन्ने अनुमान छ ।

हरेक वर्ष १ हजार ३१३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखबाट मृत्यु हुने अनुमान गरिएको छ ।