२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल)अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १८० रन जोड्यो ।

उसका लागि कप्तान कुशल मल्लले बिस्फोटक पारी खेले ।

उनले ४१ बलमा ७२ रन जोडे । मल्लले ७ छ्क्का र तीन चौका हिर्काए । यस्तै रबि बोपाराले ४४ तथा हसन इसाकहिलले २८ रनको योगदान दिए ।

बलिङतर्फ जनकपुरका ललित राजवंशीले दुई तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जेम्स निशमले एक-एक विकेट लिए ।