१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८ मुलुकका दुई सय बढी बौद्धगुरु लुम्बिनी प्रस्थान



अ+ अ-

काठमाडौँ / राजधानीमा जारी नानहाई बौद्ध सम्मेलनमा सहभागी विभिन्न २८ मुलुकका २०० बढी बौद्ध धर्मगुरुको प्रतिनिधिमण्डल लुम्बिनी प्रस्थान गरेको छ।

यही मंसिर २८ सुरु भएको उक्त सम्मेलन यही ३० गतेसम्म चल्दैछ । सम्मेलनले खासगरी विश्वमा बढ्दै गएको द्वन्द्व तथा हिंसालाई सद्भावमा परिणत गर्न बुद्धधर्म तथा दर्शनको उपादेयता बारेमा चर्चा गर्नेछ ।

बौद्धदर्शन तथा धर्मको महत्वलाई विश्वमा पुर्‍याउन विभिन्न सम्प्रदायमा विभक्त बौद्ध धर्मावलम्बीको एकतामा सो सम्मेलनका अवसरमा जोड दिइएको छ। सो टोली भोलि नै काठमाडौँ फर्कने जनाइएको छ।

सभ्यताको विकासको लागि विचार आदानप्रदान गर्न सम्मेलन महत्वपूर्ण हुने विश्वास गरिएको उक्त सम्मेलन अन्तर्गत काठमाडौँ फोरम र युवा फोरम सम्मेलन पनि आयोजना गरिएको छ।