काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
केहिबेरमै सुरु हुने खेलमा चितवनले पहिले ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
जनकपुर प्लेअफमा पुगिसकेको छ भने चितवन आजको खेल जित्दै प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।










